FAQs Complain Problems

समाचार

संक्षीप्त परिचय

नेचासल्यान गाउँपालिका पुर्वी नेपालकाे प्रदेश नं. १  अन्तर्गत साेलुखुम्बु जिल्लाकाे दक्षीणाी भागमा अवस्थित एक सुन्दर गाउँपालिका हाे । वि. सं. २०७३ सालमा स्थानिय विकास मन्त्रालयकाे ७५३ स्थानिय तह लागु गर्दा साेलुखुम्बु जिल्लामा साविककाे सल्यान, नेचा बतासे र नेचा बेतघारी गाउँ विकास समितिलाइ समायाेजन गरेर नेचासल्यान गाउँपालिका बनाइएकाे हाे नेचासल्यान गाउँपालिकाकाे कुल क्षेत्रफल ६७.५४ व.कि.मि. (८६०८.०० हेक्टर) रहेकाे छ । यस गाउँपालिकाकाे भवन १४५० मिटर उचाइमा र उत्तरी अक्षांस २७ं २१' १४" र पुर्वि देशान्तर ८६ं ३८' २७" मा  अवस्थित छ ।  याे गाउँपालिकालाइ ५ वटा वडामा विभाजन गरिएकाे छ । यस गाउँपालिकाकाे कुल जनसङ्या १२,२०५ तथा घरधुरी सङ्या २,७४२ रहेकाे छ ।  हिन्दु,किरात,वाैध्द र क्रिष्चियन धर्मावलम्बीहरू बसाेबास गर्ने याे ठाउँमा  ब्राम्हण, क्षेत्री,राइ,शेर्पा,तमाङ,मगर,कामी, दमाइ,सार्की,नेवार जातीकाे बाहुल्यता रहेकाे छ यहाँकाे मुख्य खाध्यान्न बाली तर्फ धान,मकै,गहुँ,काेदाे छ भने फलफुलतर्फ अाँप,कटहर,लिचि,केरा,सुन्तला,मेवा,नासपाती अादि उत्पादन हुन्छ। पञ्चमी डाँडा, सुकेपाेखरी,फुर्केपाेखरी,लाैरेश्वर, हावा अाउने अाेडार, थाम डाँडा जस्ता एेतिहासिक तथा पर्यटकिय ठाउँहरू समेत रहेका छन।   यस गाउँपालिकाकाे सिमाना पुर्वमा दुधकाैशिका गाउँपालिका र खाेटाङ जिल्ला, पश्चिममा अाेखलढुङगा जिल्ला उतरमा साेलु दुधकुण्ड नगरपालिका र दक्षिणमा अाेखलढुङगा जिल्ला सम्म फैलिएकाे छ ।