यस नेचासल्यान गाउँपालिकाको शिक्षा शाखामा (प्रा. स.) को रूपमा आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक तथा निष्ठाका साथ वहन गर्नुभएकी श्री कल्पना थापा मिसलाई आज मिति २०८२।०९।०९ गते फेरि भेटौँला तथा बिदाइ कार्यक्रम गरिएको छ।
उहाँ सरुवा भएर जानुभएको कार्यालय (शिक्षा विकास तथा समन्वय इकाइ, भोजपुर)को बसाइ सुखद, सफल तथा उपलब्धिमूलक रहोस् भन्ने कामनासहित नेचासल्यान गाउँपालिका परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौँ। करिब ४६ दिनको छोटो कार्यकाल भए तापनि उहाँले शिक्षा शाखामा पुर्याउनुभएको योगदान स्मरणीय रहने छ।