यस नेचासल्यान गाउँपालिकाको लगानीमा बनेको जिल्लाकै पहिलो जिपलाइन, वाल क्लाइमिङ,भिउ टावर, स्काई साइक्लिङको आज मिति २०८३।०१।०१ गते अर्थात् नयाँ वर्षको अवसरमा औपचारिक रूपमा उद्घाटन गरिएको छ।
समाचार
ग्यालरी
आज मिति २०८२।१२।२१ गते शनिबार, यस नेचासल्यान गाउँपालिका वडा नं.०३ स्थित इलाका प्रहरी कार्यालय नेचाको नव निर्मित व्यारेक भवन गाउँपालिका अध्यक्ष श्री धनजन राई ज्यू, उपाध्यक्ष श्नी बिना राई ज्यूबाट समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक श्री मनोजित कुँवर ज्यू, यस गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत श्री टंक नाथ घिमिरे ज्यू, वडाध्यक्ष ज्यूहरु र बिभिन्न पाटी प्रतिनिधीहरु लगाएतका मानिसहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।
आज मिति २०८२।१२।२१ गते यस नेचासल्यान गाउँपालिका वडा नं. ५ को प्रमुख प्रशासकीय भवन उद्घाटन कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ।
मिति २०८२।०९।२० गते नेचासल्यान गाउँपालिका, कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित अपाङ्गता रोगथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत सामाजिक सहभागिता अभिवृद्धि कार्यक्रमको अवसरमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको छ। साथै, व्यवसायिक सीप तालिम लिएका अपाङ्गता भएका व्यक्ति तथा संरक्षकहरूलाई पोलि पाइप वितरण गरिनुका साथै अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षणसमेत गरिएको छ।
यस नेचासल्यान गाउँपालिकाको शिक्षा शाखामा (प्रा. स.) को रूपमा आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक तथा निष्ठाका साथ वहन गर्नुभएकी श्री कल्पना थापा मिसलाई आज मिति २०८२।०९।०९ गते फेरि भेटौँला तथा बिदाइ कार्यक्रम गरिएको छ।
उहाँ सरुवा भएर जानुभएको कार्यालय (शिक्षा विकास तथा समन्वय इकाइ, भोजपुर)को बसाइ सुखद, सफल तथा उपलब्धिमूलक रहोस् भन्ने कामनासहित नेचासल्यान गाउँपालिका परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौँ। करिब ४६ दिनको छोटो कार्यकाल भए तापनि उहाँले शिक्षा शाखामा पुर्याउनुभएको योगदान स्मरणीय रहने छ।
“प्रविधिको सही प्रयोग गरौँ : लैंगिक हिंसा अन्त्य गरौँ” भन्ने राष्ट्रिय नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत २०८२ मंसिर ९ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने प्रभातफेरी कार्यक्रम मिति २०८२/०८/०९ गतेबाट सुरु भएको छ।