FAQs Complain Problems

समाचार

ग्यालरी

 मिति २०८२।०९।२० गते नेचासल्यान गाउँपालिका, कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित अपाङ्गता रोगथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत सामाजिक सहभागिता अभिवृद्धि कार्यक्रमको अवसरमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको छ। साथै, व्यवसायिक सीप तालिम लिएका अपाङ्गता भएका व्यक्ति तथा संरक्षकहरूलाई पोलि पाइप वितरण गरिनुका साथै अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षणसमेत गरिएको छ।

मिति: 01/05/2026 - 21:16
, , , , , , , , , , , , , , ,

यस नेचासल्यान गाउँपालिकाको शिक्षा शाखामा (प्रा. स.) को रूपमा आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक तथा निष्ठाका साथ वहन गर्नुभएकी श्री कल्पना थापा मिसलाई आज मिति २०८२।०९।०९ गते फेरि भेटौँला तथा बिदाइ कार्यक्रम गरिएको छ।
उहाँ सरुवा भएर जानुभएको कार्यालय (शिक्षा विकास तथा समन्वय इकाइ, भोजपुर)को बसाइ सुखद, सफल तथा उपलब्धिमूलक रहोस् भन्ने कामनासहित नेचासल्यान गाउँपालिका परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौँ। करिब ४६ दिनको छोटो कार्यकाल भए तापनि उहाँले शिक्षा शाखामा पुर्‍याउनुभएको योगदान स्मरणीय रहने छ।

मिति: 12/24/2025 - 20:43
, , , , , , , ,

“प्रविधिको सही प्रयोग गरौँ : लैंगिक हिंसा अन्त्य गरौँ” भन्ने राष्ट्रिय नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत २०८२ मंसिर ९ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने प्रभातफेरी कार्यक्रम मिति २०८२/०८/०९ गतेबाट सुरु भएको छ।

मिति: 11/26/2025 - 21:40
, , , , , , , , , , , ,

मिति २०८२ साल असार १० गते शुरु भएको नेचासल्यान गाउँपालिका, सोलुखुम्बुको १७ औं गाउँ सभा अधिवेशन सम्पन्न भएको छ। मिति २०८२ साल असार १० गते बसेको सभाको पहिलो बैठकमा छलफलका लागि पेश भएका विधेयकहरुलाई सर्वसम्मतरुपमा पारित गर्दै १७ औं गाउँ सभा अधिवेशन सम्पन्न भएको छ। त्यसैगरी आज मिति २०८२ साल असार ३० गते विहान ११:०० बजेका लागि निर्धारण भएको १७ औं गाउँ सभाको दोस्रो बैठकलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न सहयोग पुर्‍याउनु हुने सरोकारवाला सबैलाई हार्दिक धन्यवाद दिँदै सभाका अध्यक्ष श्री धनजन राईज्यूले १७ औं गाउँ सभा अधिवेशन सम्पन्न भएको जानकारी सभालाई गराउनु भयो।

मिति: 07/14/2025 - 17:11
, , , , , , , , , , ,

Pages

//