समाचार
नवनिर्मित प्रमुख प्रशासनिक भवनको उद्घाटन
आज मिति २०८१/१२/११ गते यस गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासनिक भवनको उद्घाटन सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू, रक्षा मन्त्री मानविर राईज्यू, पुर्व मन्त्री बलबहादुर केसी र छिमेकी जिल्लाका गाउँपालिका तथा नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँका बासिन्दा तथा अन्य अतिथिहरूको उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको छ ।