समाचार
अपाङ्गता रोगथाम तथा पुन:स्थापना कार्यक्रम।
मिति २०८२।०९।२० गते नेचासल्यान गाउँपालिका, कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित अपाङ्गता रोगथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत सामाजिक सहभागिता अभिवृद्धि कार्यक्रमको अवसरमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको छ। साथै, व्यवसायिक सीप तालिम लिएका अपाङ्गता भएका व्यक्ति तथा संरक्षकहरूलाई पोलि पाइप वितरण गरिनुका साथै अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षणसमेत गरिएको छ।















