समाचार
इलाका प्रहरी कार्यालय नेचाको नव निर्मित व्यारेक भवन उद्घाटन कार्यक्रम मिति २०८२।१२।२१ गते
आज मिति २०८२।१२।२१ गते शनिबार, यस नेचासल्यान गाउँपालिका वडा नं.०३ स्थित इलाका प्रहरी कार्यालय नेचाको नव निर्मित व्यारेक भवन गाउँपालिका अध्यक्ष श्री धनजन राई ज्यू, उपाध्यक्ष श्नी बिना राई ज्यूबाट समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक श्री मनोजित कुँवर ज्यू, यस गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत श्री टंक नाथ घिमिरे ज्यू, वडाध्यक्ष ज्यूहरु र बिभिन्न पाटी प्रतिनिधीहरु लगाएतका मानिसहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।















